images
images
  • नेप्से १९ अंकले घट्यो, कारोबार रकम ९५ करोड

    काठमाडौं- साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९.११ अङ्कले घटेर १८७०.६५ को विन्दुमा कायम भएको हो।

    आज दुई सय ७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता शेयर २६ हजार ८ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इन्डेक्स २.९५ र फ्लोट इक्डेक्स १.३४ अङ्कले घटेको छ।

    त्यस्तै, सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७.१७ र निर्जीवन बीमा समूहको उपसूचक ४६.६६ अङ्कले घटेको छ। आज बैंकिङ समूह ९.४७, विकास बैंक समूह ४२.६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६.९३ र जलविद्युत् समूह ४५ .४४ अङ्कले घटेको छ।

    यसैगरी, लगानी समूह ०.३३, उत्पादन तथा प्रशोधन समूह ४१.२२, लघुवित्त समूह ३१.४३, म्युचुअल फन्ड ०.१९, व्यापार समूह ३५ .४१ र अन्य समूह १८ .२८ अङ्कले घटेको छ।

    एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को शेयर मूल्य सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको शेयर मूल्य ८.८९ अङ्कले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४ करोड २५ लाख १० हजार ८ सय बराबरको शेयर किनबेच भएको छ।

    कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक लाख ९५ हजार एक सय ७८ कित्ता शेयर किनबेच भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images