images
images
  • वीर अस्पतालमा कार्यरत नर्सले गरिन् डाक्टरको घरमै पुगेर आत्महत्या

    काठमाडौ- काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् ।

    प्रहरीका अनुसार वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका डा.सुजन ढकालको बोहोराटारस्थित घरमा गएर आत्महत्या गरेकी हुन् । मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

    ढकाल मृतक श्रेष्ठका प्रेमी हुन् । उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र पटक–पटक विहे गर्न आग्रह गर्दा सुजन र उनको परिवारले अस्वीकार गरेपछि प्रेमीकै घरमा पुगेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
    प्रहरीले मृतक श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला पारेको छ ।

    उक्त नोटमा श्रेष्ठले आफुहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र विहे गर्ने सहमतीपनि भएको तर अहिले आएर ढकालको परिवारले विहे गर्न नमानेको उल्लेख गरेकी छन् ।

    श्रेष्ठले प्रेमीको घरमै गएर आत्महत्या गरेपछि श्रेष्ठको परिवारले ढकाल र उनका बाबुविरुद्ध प्रहरीमा आत्महत्या दुरूत्साहनविरुद्धको मुद्दा दर्ता गरेका छन् ।

    श्रेष्ठले ढकालको घरमै गएर आत्महत्या गरेको दिन ढकाल भने झापामा रहेको बताइएको छ । उनि के कति कारणले झापा पुगेका हुन् सो कुरा बाहिर नआएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images