images
images
  • माइतीघरमा महाविर पुनको धर्ना सुरु

    काठमाडौं- राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्।

    शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु गरेका हुन्।

    माइतीघर स्थित बानेश्वर जाने सर्भिशलेनलाइ बन्द गरेर उनले धर्ना कार्यक्रम भैरहेको छ। उनलाई अन्य व्यक्तिले समेत साथ दिएका छन्।

    धर्नामा ’अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे’, ’अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’, ’नवउद्यमीहरुलाइ हतोत्साही नगर’, ’सुचना प्रविधि विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images