images
images
  • नेप्सेमा २.२७ अंकको गिरावट, कारोबार रकम पनि ७३ करोडमा सिमित

    काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।

    यसअघि बुधबार १३.६८ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार २.२७ अंकले घटेको हो ।  नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ ।
    बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।

    यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो ।

    सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि बिहिबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images