images
images
  • लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त, भोलि सपथ

    दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    उनले आजै ८ दलका ५३ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए। प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा चौधरीले तोकेकै समयमा दाबी पेस गरेका थिए।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक सांसदको समर्थन रहेको छ।

    बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने भएका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images