images
images
  • लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरको दाबी पेश

    दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्। आठ दलीय गठबन्धनबाट कांग्रेसका चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए ।

    प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा चौधरीले तोकेकै समयमा दाबी पेस गरेका हुन्।

    यसअघि कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष निवेदन दिएका थिए । आज पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेस गर्न लागिएको चौधरीको सचिवालयले जनाएको छ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images