images
images
  • अर्ब कमाउने होटल !

    काठमाडौंको म्यारियट होटलको आम्दानी बढेको छ। एक वर्षमा नै १ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

    २०७७/०७८ मा २९ करोड रुपैयाँ मात्रै आम्दानी गरेकोमा अहिले ह्वात्तै बढेको छ। त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा पनि ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
    गत आर्थिक वर्षमा कम्पनीको आम्दानीबाट कर, ब्याजसहितको नाफा ४०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा १०.२३ प्रतिशत रहेको छ ।

    कम्पनीको आम्दानी मध्ये कोठा र सेवाबाट मात्रै ५२ प्रतिशत रहेको छ। खानेकुरा, पेयपदार्थ, मिटिङ, कन्फरेन्स, प्रदर्शनीबाट ४१ प्रतिशत आम्दानी गरेको छ । होटलको अकुपेन्सी दर ४९ प्रतिशत रहेको थियो ।

    एभरेष्ट होटल होस्पिटालिटी होटल लिमिटेड २०१३ मा दर्ता भए पनि २०२२ मा पब्लिक कम्पनीमा दर्ता भएको थियो । होटल म्यानेजमेन्टको लागि म्यारियट इन्टरनेशनलसँग सम्झौता गरेको छ। कम्पनीको अध्यक्षमा सुमित कुमार अग्रवाल छन् भने गौरव अग्रवाल प्रबन्धनिर्देशक छन् । १.३५ एकड जमिनामा फैलिएको होटलमा २१४ वटा कोठा छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images