काठमाडौं- नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, अनिवार्य नगद मौज्दात अनुपातरवैधानिक तरलता अनुपात कायम नगरेको, तोकिएको उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको भन्दै नगदसहित कारबाही गरेको छ ।
सीडी रेसियो कायम नगरेको भन्दै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक(हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ।
हिमालयन बैंकले २०७९ भदौमा सीडी रेसियो कायम गर्न नसक्दा ७१ लाख ७२ हजार जरिवाना गरेको छ।
त्यसैगरी कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार, ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख, नबिल बैंकलाई ६ करोड ४६ लाख, नेपाल बैंकलाई १८ लाख ५९ हजार र प्रभु बैंकलाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरेको छ।
साथै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ती शुद्धीकरण निर्देशन उलघंन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ।
तत्कालीन कुमारी (हाल कुमारी) बैंकलाई सहुलियत कर्जा प्रवाह औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेकाले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।
यी हुन् कारबाहीमा परेका १० वाणिज्य बैंक :







विश्व खबर 



















