images
images
  • ९ महिनामा वाणिज्य बैंकले गरे ४८ अर्ब नाफा, कुनको कति?

    नबिलको मात्र ५ अर्ब बढी नाफा

    काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकसम्ममा वाणिज्य बैंकले ४८ अर्ब नाफा गरेका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेका थिए।

    गत वर्षको तुलनामा वाणिज्य बैंकको नाफा बढेको छ। चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ भने सबैभन्दा थोरै कृषि विकास बैंकले गरेको छ।

    कुन बैंकले कति गरे नाफा?

    नबिल बैंक
    नबिल बैंकले तेस्रो त्रैमासिकमा ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड नाफा गरेको थियो।

    हिमालयन बैंक
    हिमालयन बैंकले चालू आवको तेस्रो त्रैमासिकमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो।

    सिटिजन्स बैंक
    सिटिजन्स बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब २३ करोड नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको नाफा घटेको छ।

    एनएमबि बैंक
    एनएमबि बैंकको नाफा बढेको छ। बैंकले तेस्रो त्रैमासिकसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ गरेको थियो।

    एनआईसी एसिया बैंक
    एनआईसी एसिया बैंकले तेस्रो त्रैमासिकमा ४ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको थियो।

    नेपाल एसबीआई बैंक
    नेपाल एसबीआई बैंकले तेस्रो त्रैमासिकसम्ममा १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो।

    सनराइज बैंक
    सनराइज बैंकको नाफा घटेको छ। गत वर्षको तुलनामा बैंकको नाफा घटेको हो। सनराइज बैंककको तेस्रो त्रैमासिकमा १ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। गा वर्ष सोही अवधिमा बैंकले १ अर्ब २७ करोड नाफा गरेको छ।

    स्ट्यान्डर्ड चाटर्ड बैंक
    स्ट्यान्डर्ड चार्टर्ड बैंकले तेस्रो त्रैमासिकमा २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड नाफा गरेको थियो।

    प्रभु बैंक
    प्रभु बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड नाफा गरेको थियो।

    लक्ष्मी बैंक
    लक्ष्मी बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८५ करोड नाफा गरेको थियो।

    एभरेष्ट बैंक
    एभरेष्ट बैंकले तेस्रो त्रैमासिकमा २ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड नाफा गरेको थियो।

    राष्ट्रिय वाणिज्य बैंक
    राष्ट्रिय वाणिज्य बैंकले तेस्रो त्रैमासिकमा ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६१ करोड नाफा गरेको थियो।

    नेपाल इनभेष्टमेन्ट मेगा बैंक
    नेपाल इनभेष्टमेन्ट मेगा बैंकले तेस्रो त्रैमासिकमा ३ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड नाफा गरेको थियो।

    ग्लोबल आइएमई बैंक
    ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासिकमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ७२ करोड नाफा गरेको थियो।

    सानिमा बैंक
    सानिमा बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो।

    कुमारी बैंक
    कुमारी बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८० करोड नाफा गरेको थियो।

    प्राइम कमर्सियल बैंक
    प्राइम कमर्सियल बैंकले तेस्रो त्रैमासिकमा २ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड नाफा गरेको थियो।

    माछापुच्छ्रे बैंक
    माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५५ करोड नाफा गरेको थियो।

    नेपाल बैंक
    नेपाल बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब १९ करोड नाफा गरेको थियो।

    सिद्धार्थ बैंक
    सिद्धार्थ बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड नाफा गरेको थियो।

    कृषि विकास बैंक
    कृषि विकास बैंकले तेस्रो त्रैमासिकमा १ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images