काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घटेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















