काठमाडौं- पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या उकालो लागेको छ। काठमाडौं काठमाडौं उपत्यकामा २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचारत छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा ३८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये २१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।संस्थागत आइसोलेसनमा भर्ना भएका मध्ये सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २४ सय ५० को कोरोना परीक्षण गर्दा १०८ जना सङ्क्रमित थपिएका छन् । सोही समयमा ६६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
मंगलबार मात्रै कोरोनाबाट दुईजनाको मृत्यु भएको थियो।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो।
सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरू मानिसको सम्पर्कमा नजान समेत मन्त्रालयले आग्रह गरेको छ। संक्रमणबाट बच्न मन्त्रालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।


विश्व खबर 


















