महोत्तरी- महोत्तरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्र्याक नजिक दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो ।
सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ड्रमा अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन्।


विश्व खबर 


















