काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्दुमा अडिएको छ।
बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ ।
जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार ८७ करोड ४ लाख मूल्य बराबरको सेयर किनबेच भएको थियो।
बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।
कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.५९ प्रतिशतले वृद्धि भएको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । डिप्रोक्स लघुवित्तमा १ः१ को सेयर आदनप्रदान अनुपातमा गाभिन लागेको लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । यस्तै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि २.९१ प्रतिशतले घटेको छ ।


विश्व खबर 



















