काठमाडौं- साता प्रारम्भका तीन दिन स्थिर रहेको सुनको मूल्यमा चौथो दिन ३ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ।
अघिल्लो दिन मंगलबारसम्म सुन प्रतितोला १ लाख १० हजारमा स्थिर थियो। गत साताको अन्तिम दिनका तुलनामा ८ सय घटेर उक्त मूल्यमा आइपुगेको थियो।
आज चाँदीको मूल्यमा १० रुपैयाँको बृद्धि भएको छ। मंगलबार तोलाको १४ सय ३५ रुपैयाँ रहेको चाँदी बुधबार १४ सय ४५ भएको हो।
यसअघि सोमबारसम्म ४/५ दिन प्रतितोला १४ सय ५० स्थिर थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















