images
images
  • तीव्र उतारचढावबीच आज पनि नेप्सेमा गिरावट, ८७ करोडको कारोबार

    काठमाडौं- मंगलबार पनि सेयर बजार घटेको छ। गत बिहीबारयता निरन्तर घटिरहेको सेयर बजार मंगलबार पनि राताम्मे भएर बन्द भएको हो।

    साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

    नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । पछिल्लो चार कारोबार दिनयता नेप्से परिसूचक ५९.५५ अंकले घटिसकेको छ।

    परिसूचकसँगै कारोबार पनि आज निकै घटेको छ। दिनभरको कारोबारमा जम्मा ८७ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ। जुन पछिल्लो ९ कारोबार दिनयताकै न्यून हो।

    मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ ।

    जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।

    मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६.०५ प्रतिशतले वृद्धि भएको छ ।

    यता खप्तड लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images