images
images
  • आईएमईको ‘७ मा ७’ अफर सार्वजनिक

    काठमाडौं- आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूलनारासाथ नयाँ योजना सार्वजनिक गरेको छ ।

    विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ।

    उक्त योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीको भनाइ छ।

    विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरुमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यो योजनामा सहभागी हुन सक्नेछन्।

    योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images