images
images
  • शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

    काठमाडौं- शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।

    तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूले बताएका छन् ।

    झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

    प्रहरीले उपचारका लागि अस्पताल लैजाने भन्दै नियन्त्रणमा लिएर आफूहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब परिसरमा राखेर यातना दिएको एक पीडितले टेलिफोनमा बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images