काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले घट्यो।
आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । आइतबार नेप्सेमा ३३ हजार १४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय,मोलुंग हाइड्रो पावर र कालिञ्चोक दर्शनको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४०९ रुपैयाँको सेयर खरिदबिक्री भयो।
एनआईसी एसिया बैंकको ३ करोड ६४ लाख र शिवम् सिमेन्टको ३ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ४ को मूल्य बढ्यो भने ९ को घट्यो।
बैंकिङ,होटल्स एन्ड टुरिजम,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सूचक बढ्दा डेभलपमेन्ट, फाइनान्स,हाइड्रो पावर, इन्भेस्टमेन्टलगायत ९ उपसमूहको सूचक ओरालो लाग्यो।


विश्व खबर 



















