काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाले घटेको छ।
नेपाली बजारमा आज सुन प्रतितोला १ लाख १० हजार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बुधबार र बिहीबार सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि मंगलबार १ लाख ९ हजार ८ सय थियो।
सुनसँगै मूल्य बलियो बनेको चाँदी भने गत बुधबारदेखि स्थिर छ।
गत मंगलबारका तुलनामा १५ रुपैयाँ बढ्दा तोलाको १४ सय ५० रुपैयाँ बएको थियो। आइतबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २००४.३९ डलर र चाँदी २५.३९ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















