images
images
  • आज तीन प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।

    आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images