images
images
  • गाउँपालिका अध्यक्षको भेटियो घरमा प्रेसर कुकर बम

    बुटवल- रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

    सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखेका थिए । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए ।
    अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

    घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको डिएसपी अर्यालले जानकारी दिए ।

    बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images