images
images
  • प्रभु बैंकको २५ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौ- प्रभु बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।

    बैंकले विद्यमान संस्थापकहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

    बैंकका कायम संस्थापकले मात्र सो सेयर किन्न पाउँछन्। उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

    खरिद गर्न चाहेको कित्ता र आशय मूल्यसहितको निवेदन बैंकको प्रधान कार्यालयमा पठाउनुपर्ने छ।

    तोकिएको समयभित्र आवेदन नपरे संस्थापकभन्दा बाहिर विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरिएको छ।

    गणपति बनस्पति प्रालिले एक्लैले आफ्नो स्वामित्वमा रहेको १६ लाख ५९ हजार २४३ कित्ता बिक्रीका लागि निवेदन दिएको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images