काठमाडौं- साताको तेस्रो दिन सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
७ सय रुपैयाँ घट्दा सोमबार घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीमा ५ रुपैयाँको बढोत्तरी छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँ भएको छ। १० रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। मंगलबार सुन प्रतिऔंस १९९९.६७ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २४.९५ डलर छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















