images
images
  • तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारबार ?

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

    यस्तैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images