images
images
  • नेपाली सेना र इप्पानबीच सहमति, विस्फोटक पदार्थ सापटी लिन पाउने

    काठमाडौं- ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ सरसापटी गरेर काम गर्न पाउने भएका छन्।

    नेपाली सेना र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)बीच आइतबार आवश्यक परेमा ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबाट सरसापटी लिन सक्ने सहमति भएको हो।

    यसअघि यसरी सरसापट गरेर काम चलाउन पाइदैनथ्यो जसका कारण लामो समयसम्म आयोजनाको काम नै प्रभावित हुने गरेको थियो। अब विस्फोटक पदार्थ नआएसम्म काम ठप्प हुने अवस्थाको अन्त्य भएको इप्पानले जनाएको छ। यो समस्या समाधानको लागि इप्पानले लामो समयदेखि नेपाली सेनासँग पहल गर्दै आएको थियो।

    कुनै आयोजनाहरुलाई विस्फोटक पदार्थको अभाव भएमा तत्कालै आफ्नो आयोजना नजिकको नेपाली सेनाको कार्यालयमा विवरण उपलब्ध गराएपछि सेनाले सरसापटीका लागि सहमति दिइने बताइएको छ।

    त्यसैगरी विस्फोटक पदार्थको ढुवानी र भण्डारण थप सहज बनाउन पनि सेनाले सहजीकरण गर्ने सहमति भएको छ।

    विष्फोटक पदार्थ ल्याउनका लागि लामो प्रक्रिया गर्नुपर्छ। नेपाली सेनाले चाहे जति विष्फोटक दिन सक्दैन। यो भारतबाट ल्याउनुपर्छ जसका लागि भारतीय दूतावासको समेत स्वीकृति चाहिन्छ।बेला बेला भारतीय दूतावासले बिस्फोटक पदार्थको निर्यातमा रोक लगाउँछ। यसले पनि नेपालका आयोजनाहरुलाई प्रभावित बनाउने गर्छ।

    केही समय पहिले भारतले रोक लगाउँदा ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको काम प्रभावित भएको थियो।  अडिट टनेल खन्ने काम चलिरहेको थियो तर विष्फोटक पदार्थ नहुँदा आयोजनाको काम एक वर्ष जति रोकिन पुग्यो।- वीजमाण्डु

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images