काठमाडौ- आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ।
आइएमई ग्रुपअन्तर्गत कम्पनीले आइएमई पे एपमार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम“ मा गई ‘आइएमर्ई लाईफ नविकरण” क्लिक गर्नु पर्छ।
त्यसपछि मागिएको विवरण भरेर केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।यो सेवा ग्राहकलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















