काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँ घटेको हो।
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनको भन्दा ८ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ थियो।
बुधबार तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो। सुनको भाउ लगातार उच्च भइरहँदा कारोबारमा मन्दी रहेको व्यवसायीले बताएका छन्।
चाँदीको मूल्यमा भने झिनो वृद्धि छ। ५ रुपैयाँ बढ्दा प्रतितोला शुक्रबारका लागि कारोबार मूल्य तोलाको १४ सय ४० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला १४ सय ३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २००७.७९ डलर र चाँदी प्रतिऔंस २४.९७ डलरले कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















