images
images
  • नेप्सेमा ८.२८ अङ्कको गिरावट, ९२ करोडको कारोबार

    काठमाडौं- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।  नेप्से परिसूचक८.२८ अङ्कले घटेर १८६६.७९ अङ्कमा कायम भएको हो।

    यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।

    यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।

    नेप्सका अनुसार आज २६९ वटा कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा ९२ करोड ६ लाख ८६ हजार बराबरको कारोबार भएको छ।

    आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। नेप्सेका अनुसार बैंकिङ समूह ०.५४, निर्जीवन बीमा समूह १.६९ र व्यापार समूह ४.०४ अङ्कले बढेको छ।

    आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२.१२ र जलविद्युत् समूहको उपसूचक २८.५८ अङ्कले घटेको छ।

    वित्त समूह २२.६०, होटल तथा पर्यटन समूह ९.४१, लगानी समूह ०.६३, र जीवन बीमा समूह १८.६२ अङ्कले घटेको नेप्सेले जनाएको छ। उत्पादन तथा प्रशोधन समूह १९ .३७, लघुवित्त समूह १३.१४, म्युचुअल फन्ड समूह ०.११ र अन्य समूह १०.९७ अङ्कले घटेको छ।

    आज कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फन्ड-२ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ४३ अङ्कले घटेको छ।

    कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको चार करोड ९२ लाख बराबरको एक लाख २० हजार पाँच सय ५८ कित्ता शेयर कारोबार भएको छ।

    आज शिवमको ४ करोड ९२ लाखको कारोबार भएको छ । आज अधिकांश लघुवित्त कम्पनीहरुको सेयरमूलय उच्च दर घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images