काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ।
योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ।
छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा देखाउनुपर्ने छ। यो योजना एक वर्षसम्म लागू रहने कम्पनीले जनाएको छ।
यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केबलकारको टिकट समेत प्रदान गरिने बताइएको छ। चन्द्रागिरि केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यका रुपमा रहेको छ।


विश्व खबर 



















