images
images
  • फोब्र्स अर्बपति सूचीमा १५ युवा अर्बपति, १९ वर्षका दुई जना

    काठमाडौं- फोब्र्सका अनुसार सबैभन्दा धनी व्यक्तिहरूको पछिल्लो वरीयता औसत ६५ वर्षको छ । सबैभन्दा जेठो विमा टायकुन जर्स जोसफ १०१ वर्षीय हुन् । तर, सम्पत्ति कमाउनका लागि बूढेसकाल नै कुर्नुपर्दैन । विश्वभका १५ यस्ता व्यक्ति छन्, जसले ३० वर्ष वा त्यसभन्दा कम उमरेमा आफ्नो भाग्य चम्काएका छन् ।

    यस भाग्यशाली उमेर समूहमा सबैभन्दा कान्छो क्लेमेन्टे डेल भेचियो र किमजंग युन छन् । यी दुवैले २० वर्ष पूरा गरेका छैनन् । दुवै किशोरहरूका सफल पिताहरू क्रमशः लियोनार्दाे डेल भेचियो र किम जंग जुको सन् २०२२ मा मृत्यु भएको थियो । बुबाको मृत्युपछि उनीहरू दुवैले आआफ्नो कम्पनीको प्रतिनिधित्व गरे । डेल भेचियो जो मेमा १९ वर्ष पुग्छन् । आफ्नो भाग्य आफ्ना बुबाको होल्डिङ कम्पनी डेल्फिनको सेयरबाट प्राप्त गरेका छन् । यी जवान उत्तराधिकारीको विषयमा फोब्र्सले पनि धेरै कुरा उल्लेख गरेको छैन । ६ भाइबहिनीहरू र सौतेनी आमाले पनि उनीसँगै उत्तराधिकारीमा डेब्यु गरेका छन् ।

    किमका ’दयगतमा अझै कम जानकारी रहेको छ । जसको भाग्य जापानी दक्षिण कोरियाली अनलाइन गेमिङ नेक्सनमा छ । उनी र उनकी दिदी जंग मिन क्रमशः १९ र २१ वर्षका छन् । तर, कम्पनीका प्रतिनिधिले उनीहरूको उमेरका ’दयगतमा टिप्पणी गर्न अस्वीकार गरे । फोब्र्सले उनीहरूको जन्ममिति पुष्टि गर्ने कुनै स्रोत फेला पारेन ।

    ३० वर्षभन्दा कम उमेरका सबैभन्दा धनी रेड बुलका उत्तराधिकारी मार्क माटेस्चित्ज हुन् । जसका बुबा डिट्रिचको २०२२ अक्टोबरमा मृत्यु भयो । मार्कको अनुमानित सम्पत्ति ३४ दशमलव ७ बिलियन डलर छ । अर्का सबैभन्दा धनी युवा अर्बपतिहरू क्लेमेन्टे डेल भेचियोभन्दा उनको सम्पत्ति झन्डै १० गुणाले बढी रहेको छ ।

    सन् २०२३ को अर्बपतिको सूचीमा आएका सबै १ सय ५० नयाँ व्यक्तिमध्ये माटेस्चित्ज सबैभन्दा धनी हुन् । यी १५ मध्ये ११ ले आफ्नो भाग्य विरासतबाट पाए । जम्मा चारजना स्वयं निर्मित उद्यमी हुन् । यसमा बेन फ्रान्सिस, जसले २०१२ मा सक्रिय पोसाक निर्माता जिमसार्कको स्थापना गरेका थिए । जतिबेला उनी १९ वर्षका थिए । पाल्मर लक्की, जसले आफ्नो पहिलो स्टार्टअफ फेसबुकलाई बेचेका थिए र एक सफल रक्षा प्रविधिमार्फत उनी पुनः व्यवसायमा फर्किए । उनीहरू दुवै नवप्रवेशी हुन् ।

    अघिल्लो वर्ष पनि ३० वर्ष कम उमेरका १५ अर्बपति थिए । यी युवाको कुल सम्पत्ति जोड्दा ६४ बिलियन डलर हुन्छ, जुन अघिल्लो वर्षको भन्दा १० बिलियन बढी हो । यो युवा समूहले विश्वका २ हजार ६ सय ४० अर्बपतिको मात्र शून्य दशमलव ६ प्रतिशत प्रतिनिधित्व गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images