images
images
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५४ खर्ब २६ पुग्यो

    काठमाडौं- बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब नाघेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७९ चैत १९ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको हो। जुन अहिलेसम्मकै बढी हो ।

    चैत १ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब १३ अर्ब रहेको थियो। बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २६ अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह ४८ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ ।

    राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले मात्रै ४७ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन्।

    सोही अवधिमा वाणिज्य बैंकले ४७ खर्ब ८६ अर्ब निक्षेप संकलन गर्दा ४२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.५१ प्रतिशत छ।

    केन्द्रीय बैंकले सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेको छ। यस्तै अन्तर बैंक ब्याजदर ७.०२ प्रतिशत रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images