images
images
  • राष्ट्र बैंकको चेतावनी: क्रिप्टोकरेन्सी र एनएफटी जस्ता डिजिटल सम्पत्तिहरुमा लगानी गरे कारबाही

    काठमाडौं- नेपाल राष्ट्र बैंकले मुलुक भित्र र बाहिर रहेका नेपालीहरुलाई डिजिटल सम्पत्तिहरुमा लगानी नगर्न पुनः चेतावनी दिएको छ।

    नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा यस्ता सम्पत्तिको कानुनी मान्यता नहुने राष्ट्र बैंकले जनाएको हो। जसलाई नेपालमा गैरकानूनी मानिन्छ।क्रिप्टोकरेन्सी, एनएफटी, नेटवर्क मार्केटिङ र हाइपर फण्डलगायतमा लगानी गर्नुलाई राष्ट्र बैंकले गैरकानूनी हुने उल्लेख जनाएको छ।

    यस्ता डिजिटल एसेट्सहरुमा लगानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका मुद्दामा कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ। यसबाहेक ठगी, कर छली, सट्टेबाजी लगायतमा पनि सलंग्‍न नहुन राष्ट्र बैंकले सचेत गराएको छ।

    यस्ता कारोबार गर्ने र गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने बताइएको छ।

    यसअघि पनि राष्ट्र बैंकले पटकपटक डिजिटल एसेट्सहरुमा लगानी गर्न रोक लगाइएको सूचना प्रकाशन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images