images
images
  • फेरि एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदछ कारोबार ?

    काठमाडौं- साताको तेस्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायीक महासङ्घका अनुसार आज  मंगलबार  छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

    अघिल्लो दिन (सोमबार) छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images