काठमाडौं- यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (सोमबार) पनि १६.६७ अङ्कले घटेको छ।
नेप्सेका अनुसार आज २६० कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता शेयर ९२ करोड २ लाख ४९ हजार कारोबार भएको छ।
आज व्यापार समूह २५.२२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १०३.३७ र बीमा समूह ४८.४ अङ्कले घटेको छ।
आज बैंकिङ समूह ९.४, विकास बैंक समूह ३४.३६, वित्त समूह १२.६५, होटल तथा पर्यटन समूह १७. ७८ र जलविद्युत् समूह ३२.६४ अङ्कले घटेको छ।
लगानी समूह ०.६५, उत्पादन तथा प्रशोधन समूह ४५.४०, लघुवित्त समूह ३८.९९, लघुवित्त समूह ३९.२५, म्युचुअल फन्ड समूह ०.१२ र अन्य समूह आठ अङ्कले घटेको छ।
आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै ३ करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै १ लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ।


विश्व खबर 



















