images
images
  • सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ।

    सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ  भइरहेको छ ।

    यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images