images
images
  • ग्लोबल आइएमई बैंकको ह्याप्पी आवर्स योजना सार्वजनिक, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

    काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ।

    यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने छन्।बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ।

    योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउने छन्। २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images