काठमाडौं- साताको पहिलो दिन सेयरबजारमा आज गिरावट आएको छ।
अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २३.२४ अंकले घटेर १८८५.३१ विन्दुमा ओर्लिएको छ।
२६० कम्पनी सामेल कारोबारमा ३६ लाख कित्ता सेयर बिक्री भएको छ। योसँगै १ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच हुँदा १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार सेयर बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
इबार कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जीवन विकास लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य २.५० प्रतिशतले वृद्धि भएको छ ।
स्वाभीमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ६.६९ प्रतिशतले गिरावट भएको छ ।


विश्व खबर 



















