images
images
  • नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर निर्धारण

    काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर नयाँ निर्धारण गरेको छ।

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर जारी गरेको जनाएको छ।

    कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार ६३ रुपैयाँदेखि ८५ रुपैयाँ निर्धारण गरेको छ। सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ तोकिएको छ।

    १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि ६४ रुपैयाँ,२१ वर्षदेखि २५ वर्षसम्मका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्ष अवधिका लागि ८५ रुपैयाँ र ३० र सो भन्दा माथिको अवधिका लागि बोनस दर ८५ रुपैयाँ छ।

    त्यस्तै, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँको दरले बोनस दिइने भएको छ। २१ देखि २५ वर्षसम्मका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि ८५ रुपैयाँ, ३० र सो भन्दा बढी अवधिका लागि ८५ रुपैयाँ छ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ६४ रुपैयाँ, २० देखि २५ वर्षसम्मका लागि ६४ रुपैयाँ, २६ देखि ३० वर्षभन्दा माथिको अवधिका लागि पनि ६४ रुपैयाँको दरले बोनस दर तोकिएको छ।

    उक्त बोनस दर अर्को मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृति नभएसम्म यस कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत अन्तरिम बोनस दरको रुपमा कायम हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images