काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















