images
images
  • फेरि एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आज सुन तोलामा १ हजार रुपैयाँले बढेर  छापावाला सुनको मूल्य  तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको  छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको  थियो  ।

    यस्तै, आज तेजाबी सुनको मूल्य  १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फागुन ५ गते सुनको हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images