images
images
  • नेप्से १०.८७ अंकले घट्यो, कारोबार रकम ८९ करोडमा खुम्चियो

    काठमाडौं- लगातार तीन दिन उकालो लागेको सेयर बजार आज ओरालो लागेको छ।

    साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले घटेर हुँदा १९०८.५५ अंकमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ३५९.४८ विन्दुमा अडिएको छ।

    कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर हुदा ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँमा खरिदबिक्री भयो।

    यसदिन एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। सिटीजन्स म्युचुअल फन्ड र कालिञ्चोक दर्शनको सेयर मूल् ६ प्रतिशत बढिले बढेको छ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५ करोड बढिको सेयर कारोबार भयो। यस्तै हिमालयन डिस्टिलरीको ३ करोड र जीवन विकास लघुवित्त वित्तीयको २ करोड बढिको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो। अदर्श उपसमूहको सूचक सर्वाधिक १.११ प्रतिशतले ओरालो लाग्यो।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images