images
images
  • शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष घुससहित पक्राउ

    काठमाडौं- रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा बिचौलिया विनोद भरसमेत छन् ।

    अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

    अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिकृत मरासिनी र यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनकालागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो।

    अख्तियारले यी व्यक्तिलाई बिहीबार शुद्धोधन गा“उपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images