काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ।
अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।े।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















