काठमाडौं- बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो ।
बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.०५ प्रतिशतको वृद्धि हो ।
बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से सामान्य अङ्कले बढ्दा १५ वटा कम्पनीको सेयर स्थिर रहेको छ । यस्तै, ११४ वटा कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १ अङ्कले बढ्दा ५ वटा समूहको सेयर मूल्यमा सुधार आएको छ । यसबाहेक, अन्य सबै समूह घटेका छन् ।
आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै ५२० रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्य आजै ४७ रुपैयाँले बढेको हो । यस्तै कालिञ्चोक दर्शनको सेयर मूल्य समेत ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८२ रुपैयाँ पुगेको छ ।
बुधबार सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ ।
खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ ।


विश्व खबर 



















