images
images
  • प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कायम भएकोे छ ।

    हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ६६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images