काठमाडौ- अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ
मंगलबार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो ।
आज २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार पनि सेयर कारोबार दोहोरो अंकले बढेर १ अर्ब ३८ करोड २७ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो।
मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।
मंगलबार सुपरमाइ हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ ।
तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ । आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावरसहितका कम्पनीको धेरै कारोबार भएको छ ।


विश्व खबर 



















