काठमाडौं- पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको छ।
कोशी प्रदेश नामाकरण गरिएको विरोधमा प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच विराटनगरको रोटे चोकमा झडप भइरहेको छ। आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि ढुंगामुढा गरीरहेका छन्।

प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका छन्। आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले दर्जनौं अश्रृग्याँस प्रहार गरिसकेको छन्।
कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आज प्रदेश क्षेत्रमा विरोध तथा आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ।
गत चैत ५ गते भएको आन्दोलन तथा विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० गते मृत्यु भएपछि कोशी प्रदेश पुनः नामाकरण आन्दोलन झनै चर्किएको हो।


प्रतिक्रिया दिनुहोस्






















