images
images
  • एक अर्बको ऋणपत्र निष्कासन गर्न महालक्ष्मी बैंकले पायो बोर्डबाट स्वीकृति

    काठमाडौं- महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ। धितोपत्र बोर्डबाट बैंकले एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारीका लागि स्वीकृति पाएको हो।

    कुल ऋणपत्रमध्ये बैंकले ४० करोड बराबरको सर्वसाधरणलाई बिक्री गर्ने छ। बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

    ऋणपत्रको परिपक्व अवधि १० वर्ष रहेको छ। ऋणपत्रका लागि बैंकले वार्षिक ११ प्रतिशत व्याजदर दिने छ।

    बैंकले तोकेको व्याज ६÷६ महिनामा वितरण गर्ने छ। बंैकले ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images