images
images
  • एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- सुनको मूल्य दुई दिनयता क्रमिक रुपमा घट्न थालेको छ। मंगलबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ।

    सोमबार सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ रहेको थियो।

    अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९५७.२२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.९७ डलरमा कारोबार भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images