images
images
  • सेयर बजार १७.७० अंकले वृद्धि

    काठमाडौं- नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दुमा चढेको हो।

    सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा अडिएको छ।

    नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भयो।

    अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको थियो। सो दिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ। आज डेभलपमेन्ट बैंक,फाइनान्स,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रोसेसिङको सेयर मूल्य २ प्रतिशत बढिले बढ्यो।

    होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ उमसमूहको सूचक १ प्रतिशत बढिले वृद्धि भयो। १२ उपसमूहको सूचक उकालो लाग्दा माइक्रो फाइनान्स उपसमूहको सूचक भने ०.५१ प्रतिशतले ओरालो लाग्यो।

    आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपरमाइ हाइड्रोपावर,एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

    यसदिन नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीयको सेयर मूल्य भने १० प्रतिशतले ओरालो लाग्यो। यस्तै जलपा सामुदायिक लघुवित्त वित्तीयको मूल्य ८ प्रतिशत बढिले घट्यो।

    कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ९० लाख बढिको सेयर कारोबार भयो। जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ७० लाख र नविल बैंकको ४ करोड ४ लाख मूल्यको सेयर कारोबार भयो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images